धेरै मध्य एउटा कारण यो पनि हो कि?
जब दशौँ लाख नेपाली (य़ुवा)हरु रोजगारको लागि विदेशमा अड्किरहनु पर्ने बाध्यता बनाईन्छ तब उनका घर-छिमेक र गाउँ-ठाँउमा अभिभावकहरुको खडेरी पर्छ अनि असुरक्षाको माहोल बन्न थाल्छ। यसरी जोश र होश भएका युवाहरु आफ्ना ठाँउ नजिकै नहुनाले नेपालका गाउँ र शहर असुरक्षित, असन्तुलित र गतिहिन बनेका छन्। यस्तो वातावरणले हाम्रो समाजमा घिनौना कार्य गर्न कति अभिभावकत्व बिहिन व्यक्तिहरुका मनमस्तिस्कमा नकारात्मक, असन्तुलित प्रभाव पर्न सक्छ। यसरी अभिभावकहरुको कमी भएको गाउँ-समाजले आफ्नो नेतृत्व र सरकारलाई नै रक्षक / अभिभावकको रुपमा मान्न थालिन्छ ।तर यदि यहि नेतृत्व रक्षक को सट्टा भक्षक बन्दै दिशाहिन, न्यायविन, लूटतान्त्रिक बन्दै जान्छ नतिजा के हुन्छ? गैरजिम्मेवार नागरिक र गैरजवाफदेहि नेतृत्वको जगजगी। नतिजा हाम्रो समाज अपराधको दुशचक्रमा फस्न थाल्छ। अाजको स्थिति यस्तै देख्छु।
यदि यो समस्या हो भने समाधानको एक दुरगामी बाटो यो पनि हो: राज्यले अर्जुनदृष्टिका साथ हाम्रो देशभित्रै सम्मानजनक रोजगारको वातावरण उत्पन्न गराउन सके हाम्रो समाजमा जोश र होश भएका धेरै युवा नेपालमा रहने थिए। यहिँ अभिभावक भएर आफ्ना छोरा छोरी, दाई-भाई, ईष्टमित्रहरु र अग्रजमा आफ्नो भूमिका निभाउन सक्थे। देश, समाज र घरलाई सुरक्षित बनाउने वातावरण नागरिकहरुबाटै बन्ने थियो। अनि गाउँ देखि केन्द्र सम्म सरकारलाई परेको बेला अौँलो ठड्याएर जवाफदेहि बन्न करै लगाउने थिए। शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षामा ठोस उपलब्धि पुर्याउने सुसंस्कृत नेतृत्वलाई जिताई छाड्थे र त्यसो नगर्नेलाई हराई छाड्थे। लोकतन्त्र सहभागितामुलक बन्दै मजबुत हुने थियो, देश स्वाभिमानी र शान्तप्रिय बन्ने थियो। यसरी जब राज्यलाई नागरिक देखि डर लाग्न थाल्छ तब न नागरिकको त्रास अात्मविश्वासमा परिणत हुन्छ। जस अनरुप समाजमा सकारात्मक रुपान्तरण गर्ने कार्यहरु धेरै अनि घिनलाग्दो अपराधहरु जरै देखि निमोठिने वातावरण बन्न थाल्छ।
नेतृत्व भनेकै पूर्वतयारी हो। त्यसैले अहिले देखि नै नेतृत्वले आफूलाई सु-संस्कृत बनाउदैँ देशलाई समतामुलक संवृद्धि तर्फ लम्काउने यात्रामा लागे, यो दुष्टताको जरो उखेल्न सजिलो हुने देख्छु।
तपाईको बिचार पनि पाउँ न नेपालमा बलात्कार र हत्याको यस दुष्टताको जरो उखेल्न।