नेपाललाई कस्तो लोकतन्त्र पच्छ? (मुलुक सुहाउँदो लोकतन्त्र)

यसको एक संस्करण कान्तिपुर दैनिकमा वैशाख १८, २०७६ मा पनि प्रकाशित भएको छ।

मौलिक नेपालमा लोकतन्त्रको अभ्यास पनि पृथक नै हुनु अपरिहार्य छ। कसरी र किन पृथक भन्दा नेपालको विशिष्टता केलाऔँ। यहाँ फस्टाउने लोकतन्त्रले सानो भूगोलमै सयौँ भाषाभाषी र संस्कृतिका विविधतालाई एकताबद्ध गर्दै लानुपर्ने दायित्व बोकेको छ। सनातन संस्कृति र धर्महरुले भरिपुर्ण नेपाल एक गुरु भूमि पनि हो जहाँ विगतमा बुद्ध, सीता, व्यास, बाल्मिकी जस्ता गुरुहरुका बास थिए। हाम्रा दुई छिमेक अबको एक-दुई दशक भित्रै संसारकै सबैभन्दा शक्तिशाली र ठूला अर्थतन्त्र बन्दैछन् र जसले हामीलाई सदैव सहानुभूतिले हेरिरहन्छन् भन्ने सुनिश्चितता हुन्न। नेपालको उत्तरदेखि दक्षिणसम्म औसतमा जम्मा २०० किलोमिटरको दूरी रहेपनि चरम चिसो (माईनस ३० डिग्री) देखि चरम गरमी (४० डिग्री) हुने ठाउँहरु पर्छन्। देश युवामय छ जहाँ लगभग ४ मा ३ नेपालीहरु ४० वर्ष मुनिका छन्‌। झण्डै ३ मा १ नेपाली मतदाता विदेशमा छन् र देशकै एक तिहाई अर्थतन्त्र धानिरहेका छन् तैपनि देशको लागि सही नेतृत्व चुन्ने मौलिक मताधिकार उनीहरुले प्रयोग गर्नसकेकाछैनन्। उता द्रुतगतिमा लम्किईरहेको यो प्रविधि युगमा हामीले विश्वव्यापी नवीनताहरुलाई तुरुन्तै अंगाल्न सकेनौँ भने हामी अरुभन्दा निकै पछिपर्ने यथार्थ छ। अबका दशकहरुमा आउने उथलपुथलहरु चाहे त्यो ड्रोन प्रणालीद्वारा यात्रु र सामान ओसर-पसार गरेर यातायातमा होस् वा क्लाईमेट चेन्ज आदिका

Continue reading नेपाललाई कस्तो लोकतन्त्र पच्छ? (मुलुक सुहाउँदो लोकतन्त्र)


Old vs new democratic model

२१औँ शताव्दीमा लोकतन्त्र कुन धारमा टिक्ला?

यस्तो जटील प्रश्नको पहरो ढाल्न १८ औँ शताव्दीको अन्त्य तर्फ हामी एकचोटी फर्की त्यस बखतका प्रमुख लोकतान्त्रका लागि भएका आन्दोलनका लहराहरु समात्नु जरुरी छ। विशेषत त्यसबेला घटेका फ्रान्सेली क्रान्तिले विश्वमा “स्वतन्त्रता, समानता र भातृत्व” आधारित मूल बिचारहरुलाई अग्रपन्तिमा ल्यायो।

कान्तिपूर पत्रिकामा वैशाख ९, २०७६ मा छिपिएको यसको एउटा संस्करण पढौँ लिंकमा

यिनै बिचारहरुले १९ औँ र २० औँ शताव्दीका अर्थ-राजनीतिक वादहरु जन्मन प्रेरित गर्यो।  स्वतन्त्रताको एकल बुझाईबाट पूँजीबाद वा क्यापिटलिजम फस्टायो जसले व्यक्ति केन्द्रित “स्वतन्त्रता”लाई बढि भन्दा बढि महत्व दिने खालको राज्यप्रणाली बनाउन आँट्यो। तर त्यसले समाजमा ल्याएको चरम विफेद र असमानताको प्रतिरोधमा मार्क्सवाद जन्म्यो, अनि साम्यवाद हुदैँ समाजवाद जसले “समानता” लाई बढि महत्व दिदैँ समाज केन्द्रित राज्यप्रणाली बनाउन थाल्यो। यसरी पुजीँवाद र मार्क्सवाद (र यीनका उपजहरू -लेनिनवाद, स्टालिनवाद, माओवाद आदि) बीचका घम्साघम्सीले हामीलाई २०औँ शताव्दी कटायो। यी दुवैमा अपुग र अपूर्ण भएको ठानी केहिले “भातृत्व”लाई नै पुजा गर्ने मुल शिद्धान्त पनि बनाउन खोजे। तर त्यसको उपज भनेको उग्र राष्ट्रवाद अथवा फासिजम जस्ता वादहरु जन्मिए जसका प्रयोगले विध्वंस यति मच्चायो कि करोडौँका ज्यानै गयो। यसरी एक्लाएक्लै यी तिनै स्वतन्त्रता, समानता र भातृत्वको बिफलताको ईतिहासबाट केहि सिक्ने हो भने अहिले २१ औँ शताव्दीमा यी एकअर्काका परिपुरक हुन्‌ र एक्लै होईन मिलाएरै अघि बढाउने शिद्धान्त चाहिन्छ भन्ने

Continue reading २१औँ शताव्दीमा लोकतन्त्र कुन धारमा टिक्ला?


हामीलाई उत्तर-दक्षिणको बाघले भन्दा आफ्नै मनको बाघले खाइरहेको छ

बाराक ‌ओबामा अमेरिकामा दुई कार्यकालसम्म राष्ट्रपति निर्वाचित भए। लोकप्रिय र सुधारवादी राष्ट्रपति मानिने ओबामा केन्याली बाबु र अमेरिकी आमाका सन्तान हुन्।

सेतोपाटी पत्रिकामा यसको एक संस्करण छापिएको छ।

ओबामाजस्तै प्रतिभा भएका कुनै व्यक्ति नेपाली आमा र विदेशी बाबुका सन्तान भए उसलाई नेपालले यो पदमा स्वीकार गर्दैन।

ऊ नेपालको अंगीकृत नागरिक हुनेछ। अंगीकृत नागरिकलाई कुनै पनि उच्च पद (राष्ट्रपति, प्रधानमन्त्रीदेखि प्रदेश र सुरक्षा निकाय प्रमुख) मा नियुक्त गर्न संविधानले बन्देज लगाएको छ।

तर, त्यही व्यक्ति नेपाली बाबु र विदेशी आमाका सन्तान भए ऊ वंशज नागरिक हुन्छ र उसले संवैधानिक रूपमै यी सबै अवसर पाउँछ।

संविधानले दिएको ‘समानता’ को मौलिक हक (धारा १८) मा पुरुष र महिलाबीच कुनै विभेद नहुने परिकल्पना छ। संविधानकै धारा ११ को उपदफा ५ भने योसँग बाझिएको छ। धारा ११ मा नेपाली आमा र विदेशी बाबुका छोराछोरी अंगीकृत नागरिक हुने भनिएको छ।

अंगीकृत नागरिक हुन पनि नेपाली महिलाले बच्चा नेपालमै जन्माउनु पर्नेछ। विदेशमा जन्मेको नेपाली आमाको सन्तान नेपाली नागरिक हुन नपाउने संविधानको व्यवस्था विभेदपूर्ण छ। नेपाली बाबु र विदेशी आमाको सन्तान भने विदेशमै जन्मिए पनि कुनै समस्या हुँदैन।

नेपाली बाबुलाई आँखा चिम्लेरै विश्वास गर्ने, आमालाई चाहिँ नगर्ने? नेपाली आमा हाम्रै देशका नागरिक हैनन् र? नेपाली बाबुको सन्तानलाई पहिचान दिन कुनै नियम नलाग्ने भए नेपाली

Continue reading हामीलाई उत्तर-दक्षिणको बाघले भन्दा आफ्नै मनको बाघले खाइरहेको छ


गुरु राष्ट्र नेपाल

“दुईटा गगनचुम्बी पाँच तारे होटेलका बीचमा एउटा फुच्चे घर टिक्छ र ?”

Read in English

एकाभोजमा एउटा महानुभावले नेपाललाई ईंकित गर्दै सोधे। एकछिन सोच्न बाध्य भएँ। अनि सुस्तरी भने, “अवस्य टिक्छ, यदि त्यो घर तिनी दुवैका गुरुको हो भने…”। अनि थपेँ, “तर यदि गोरुहरु मात्र चर्ने ठाँउ जस्तो बन्यो भने चाहिँ त्यो घर टिक्दैन है? चुरो कुरो हामी छिमेकको गुरु बन्ने कि गोरु?”। घर फर्केपछि आफ्नो टिप्पणीबारे अलि गहन सोचेपछि म निश्कर्षमा पुगेँ कि देश होस् वा घर, त्यो टिक्ने वा नटिक्ने भन्ने कुरा उसका छिमेकले उस प्रति हेर्ने बुझाई र गर्ने व्यवहारले निकै फरक पार्ने हुन्छ। र सो बुझाई र व्यवहार भने त्यहि “फुच्चे” घरले देखाउने चालचलनमै भरपर्छ। यदि छिमेकलाई त्यहि फुच्चे घरले आफैलाई राम्रो सँग सम्हाल्न नसकेको मगन्ते र विवेकहिन झोपडी जस्तो आभास दियो भने त्यो चाडैँ नै विलिन भई जान्छ। तर यदि त्यहि घर झोपडी नभई एक कुटी वा आश्राम जस्तो बन्छ जहाँ सुन्दर, शुशील सुसंस्कृत गुरु-आचारण र वातावरणले भरिभराउ हुन्छ भने त्यो युगौँ सम्म पनि अडिग रहन्छ। र त्यस कुटीलाई तीनै पाँचतारेका शक्तिशाली र संमृद्ध छिमेकका बासिन्दाहरुले  नै आदर मात्र होइन श्रद्धाले शीर नै निहुँराउछन् पनि। अझ त्यतिमात्र नभई यस कुटीलाई नै रक्षा र सत्कार

Continue reading गुरु राष्ट्र नेपाल


माईतीघर भर्सेस सिंहदरवार

सिंहदरबार, शासनको थलो। कहिले निरंकुश शासनको, अहिले गणतन्त्रको।

यही सिंहदरबारको शक्ति दुरूपयोगले नागरिकलाई रुवाउँछ। असाध्यै भएपछि नागरिक एकबद्ध हुन्छन्। विद्रोह गर्छन्। सडक तताउँछन्। सडक तताउने थलो, माइतीघर। अर्थात्, सिंहदरबार भनेको शासन। माइतीघर, शासनलाई चुनौती।

संसारमा शासन रहेसम्म शासनलाई चुनौती दिने थलो पनि रहन्छ। हरेक देशका आफ्नै सिंहदरबार, आफ्नै माइतीघर। जस्तो, इजिप्टको कायरोमा रहेको ताहिर चोक। न्यूयोर्कको युनियन चोक। पेरिसको बेस्टिल चोक। लन्डनको ट्राफाल्गार चोक। यस्ता थलोमा नागरिक आवाज गडगडाउँछ। यसको महत्व तब तीव्र हुन्छ, जब शासकले नागरिक हक कुण्ठित गर्ने कोशिस गर्छन्। नेपालमा विभिन्न शासकहरूले हाम्रो आधारभूत हकमै बन्देज लगाएका प्रशस्त अनुभव छन्। पञ्चायत र राणा शासनमा त कति कति!

यही परिदृश्य फेरि दोहोरिने डर बढेको छ। दुईतिहाइ सरकारले विभिन्न ऐनमार्फत् नागरिकको स्वतन्त्र विचार राख्न पाउने अधिकार कस्दै लगेको छ। सामाजिक सञ्जालजस्ता खुला ‘थलो’हरू कुण्ठित गरिँदैछन्। सरकारी प्रवृत्तिबारे बोल्नै नपाउने वातावरण बन्दैछ। यसले गणतन्त्रलाई ‘मौनतन्त्र’ मा परिणत गराउने डर बढ्दैछ। मौनतन्त्र फैलिएर लुटतन्त्र हुन कुनै बेर लाग्दैन।

अहिले जुन किसिमका ‘बन्देज’ देखिएका छन्, यही ताल हो भने, तपाईं कहीँ भेला हुन, बोल्न, गाउन पाउनुहुन्न। केही जानकारी लिन र दिन पनि राज्यकै अनुमति चाहिने दिन धेरै टाढा नरहेको छाँट देखिन्छ।

यही सेरोफेरोमा शान्ति सुरक्षा विधेयक २०७५ र

Continue reading माईतीघर भर्सेस सिंहदरवार